d

जापानी राजदूत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ: नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहीबार दिउँसो प्रधामन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजदूत युताकाले प्रधानमन्त्री देउवालाई बधाइ दिएका हुन्। साथै उनले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि देउवालाई हस्तान्तरण गरेका थिए।

Image: Suryakhabar.com

भेटलगतै प्रधानमन्त्री देउवाले अष्ट्राजेनेका खोपको १६ लाख डोज नेपाललाई अनुदान दिन लागेकोमा जापान सरकारलाई धन्यवाद दिए। त्यस्तै राजदूत युताकाले भविष्यमा थप खोप दिने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिए।

Views: