d

सर्वोच्चको फैसलाले प्रधानमन्त्री पदलाई कमजोर बनायो - नेम्वाङ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले धेरै कुरा भत्काएको बताउनुभएको छ । सर्वोच्चले परमादेश दिनुले राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तर्गत नभएकाले राज्यका अङ्गबीचको सन्तुलन गुमेको उनले बताएका हुन् ।

प्रतिनिधि सभाको आज शुक्रवारकाे बैठकमा प्रधानमन्त्रीलाई दलका नेताको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेम्वाङले फैसलाले धेरै कुरालाई भत्काउँदै प्रधानमन्त्री पदलाई कमजोर बनाएको टिप्पणी गरे ।

अब राजनीतिक आन्दोलन गर्ने समय सकिएको भन्दै नेम्वाङले आफूहरू जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए। नेम्वाङले प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा कुनै पनि विशेष काम गर्न नहुने भए पनि सरकारले विश्वासको मत लिएको भन्दै असन्तुष्टि जनाए ।

यस्तै उपनेता नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न पनि आग्रह गरे । नेम्वाङले जनादेश प्राप्त नभएकाले सरकारमा जान्नँ भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको पनि बताए । संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको नागरिककाे जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ छ ।   

Views: