d

विप्लब र कमल थापाबीच थापा निवासमा भेट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा  र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ । पछिल्ला दिनहरुमा राजनीतिक दलका नेताहरु संगको  भेटघाटमा व्यस्त विप्लवले  शुक्रवार दिउँसाे राप्रपा अध्यक्ष थापा सँग भेट गरेका हुन्  । 

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित थापा निवास बूढानीलकण्ठ पुगेका महासचिव विप्लवले राप्रपाका अरू नेतासहित अध्यक्ष थापासँग भेट गर्नुभएको हो । भेटमा दुवै नेताले देश कठिन अवस्थामा पुगेको र वैदेशिक हस्तक्षेप बढ्दै गइरहेकाले सबै दल मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नुपर्नेमा जोड दिएका छन् । 

विप्लवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तीन बुँदे सहमतिपछि खुला राजनीतिमा आए पनि अझै कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।

यस्तै विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको नेता थापाले बताए ।

 

Image: Nepal samacharpatra

Views: