d

वाग्मती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मकवानपुर – वागमती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।  सरकारले आज शुक्रवार वाग्मती प्रदेशबाट सवारी कर, जरिबानालगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

अब वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवा यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएको छ । प्रदेश राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले यो अनलाइन प्रणालीको उद्घाटन गरेका हुन्।  ।

file image

मन्त्रालयको वेबसाइट र नागरिक एपबाट यो सेवा लिन सकिन्छ । यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ ।

सेवाग्राही आफैँले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिबाना तथा राजस्व बाँकी बक्यौता, बीमा लगायतको अवस्थाको विवरण हेर्न मिल्ने गरी यो प्रणाली निर्माण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी बताए। 

उज्यालोको सहयोगमा 

Views: