d

माधव नेपालले ओलीलाई 'महाराजधिराज' भनेपछि 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिएका हुन्।  

नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गएकाे वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानेको बताए । नेता नेपालले आफ्नो निवासअघि राति मोटरसाइकलमा आएका १५/२० जनाले तर्साउन खाेजेको समेत बताए । क्रान्तिकारी भाषणले मात्रै नागरिककाे मन नजितिने बताउँदै उहाँले क्रान्तिकारी कामले नागरिककाे मन जितिने बताए। 

नेता नेपालले भने, हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आममाफी दिइन्छ, एम्नेस्टी इज एम्नेस्टी, अनि हामी गदगद भयाैँ, महाराजाधिराजोवाच, हामी गदगद भयाैँ, वाह वाह वाह, महाराजधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नुपर्ने भयो, खुसी हुनुपर्ने भयो, यही हो कम्युनिस्ट पद्धति ? स्पष्टीकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ, गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो । मेरो निवासअघि राति मोटरसाइकलमा आएका १५/२० जनाले तर्साउन खाेजे तर माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिस्टकाे, त्यत्तिकै डराउँदैन । 

हिजाे बिहीवार पार्टीकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने माधव नेपालसहित २२ जनालाई आममाफी दिएकाे घाेषणा गरेका थिए । 

Views: