d

पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनको भलो हुँदैन - भिम रावल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : एमाले उपाध्यक्ष भीम रावलले आफूले राजीनामा दिएको प्रकरणलाई एमाले ढाल्ने षडयन्त्रको विरुद्धमा उभिएको बताएका छन् । शनिबार राति ट्विटरमा प्रतिक्रिया लेख्दै उनले पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनको भलो नहुने बताएका छन् ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रावलको राजीनामालाई ‘ढलेको’ बताएका थिए । ‘सरकार गठनभन्दा अगाडि नै गठबन्धनलाई टुटाउन निकै कसरत भयो । त्यो कसरत हुँदा केहीकेही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनुभयो’, रावललाई संकेत गर्दै प्रचण्डले भनेका थिए, ‘पछिल्लो राजीनामा प्रकरणसम्म तपाईं हामीलाई थाहा छ, गठबन्धनमा राम्रो भूमिका खेलेका बडो स्प्रिटका साथ गरेका साथीहरु पनि ढले । त्यो त्यतिकै ढलेको भन्न हुँदैन । त्यहाँभित्र गम्भीर ढंगले नै चिजहरु भएका छन् । गठबन्धन टुटाउन नसकेपछि गठबन्धनलाई बहुमत प्राप्त नहोस् भन्न झन् ठूलो कसरत सुरु भयो । हामीले पनि सकेको तागत लगायौं ।’

प्रत्युत्तरमा रावलले भनेका छन्, ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’

रावलले गठबन्धन प्रतिनिधि सभाको पुनःस्थापनाको लागि र त्यस क्रममा देउवालाई प्रधानममन्त्री बनाउन भएको उल्लेख गरेका छन् । देउवाको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधवकुमार नेपालको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको उनले लेखेका छन् ।
द नेपाल टप। 

Views: