d

देशको जनसंख्याको ठुलो हिस्सा मेरो साथमा छ : पुर्व प्रम ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको जनसंख्याको ठुलो हिस्सा आफ्नो साथमा रहेको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै पुर्व प्रम ओलीले भने, 'केपी ओलीको साथमा रहेको कुनै २/४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’

‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’ एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए ।', ओलीले भने। 

उनले अर्का नेता नेपाललाई  प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन्  । नेपालले  अपराध कर्मको नेतृत्व गरिरहेकाहरुको आरोप लगाए। 

File Image
 

Views: