d

 संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्न रविन्द्र मिश्रको प्रस्ताब

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्न रविन्द्र मिश्रको माग (पूर्ण पाठ)


काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेका छन्। पार्टीको आन्तरिक छलफल र बहसका लागि भन्दै ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ शीर्षकको अवधारणा पत्रमार्फत स्थानीय निकायलाई पुनर्संरचना, संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने धारणा अगाडि सारेका छन्। 

दस्तावेजमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट धान्न सक्दैन भन्ने विज्ञ तथा सर्वसाधारणको कमी छैन भनी उल्लेख गरिएको छ ।

‘धर्मनिरपेक्षताबारे जनमत संग्रह र स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजी नेपालको परिप्रेक्ष्यमा अग्रगमन हो, पश्चगमन होइन । यो मार्ग परिवर्तन हो,’ दस्तावेजमा भनिएको छ, ‘गोरखा जानुपर्ने मान्छे, गोरखपुरतिर हिँडेर कहिले गोरखा पुगिँदैन। लोकतान्त्रिक अधिकारको कुरा हो, कसैलाई गोरखपुर नै प्यारो लाग्छ भने गए हुन्छ। तर गोरखपुर त्यस्तो गन्तव्य हो जहाँ पुगिसकेपछि मार्ग परिवर्तन गर्ने कुनै सम्भावना रहँदैन।’

Image: The himalayan times

संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको उल्लेख गदै मिश्रले संघीयता नेपालको अखण्डताको लागि घात भएको ठहर गदै यो प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्काे कडी भएको उल्लेख गरेका छन् ।

Views: