d

नेपाली कांग्रेस गौरादह नगर नेतृत्वमा कुन्दन गिरिको चर्चा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह: नेपाली कांग्रेस गौरादह नगर समितिका उप-सभापति कुन्दन गिरिले नगर सभापति पदमा उम्मेद्वारी दिने बताएका छन्।  महाधिवेशनको मिति नजिकिदै गर्दा नगर सभापति पदमा उम्मेदवार बन्ने गिरिले घोषणा गरेका हुन्। 
  
 १६ बर्षको कलिलो उमेर हुँदा देखि नेपाल बिद्यार्थी संघमा  संगठित हुँदै तरुण दलमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका गिरिले नगर नेतृत्वमा दावी गर्ने चर्चाले राम्रै हलचल ल्याउने देखिएको छ।    

 सहयोगी र मिलनसार भावना भएका व्यक्तिको रुपमा चिनिने  गिरिले आफु वर्तमान नगर उपसभापति रहेको नाताले पनि सभापतीको उम्मेद्वार हुने कुरामा दुइ मत नरहेको बताएका छन्।  अहिले सम्म कुनै पनि निर्वाचनमा हार बेहोर्नु परेको उदाहरण नभएको बताउने गिरि सभापती पदमा निर्विरोध हुने र  निर्वाचनमा जानुपरे पनि जितेरै छाड्ने विश्वास व्यक्त गर्छन्। 

 'राजनीति बुझ्न थाले देखि निष्ठा र  ईमान्दारिता छाडेको छैन, साथीभाईकै राय सल्लाहमा उम्मेदवार बन्न लागेको हो। ', पर्दाफास संग छोटो कुरा गर्दै उपसभापति गिरिले भने।  
 

Views: