d

उपेन्द्र यादव पक्षले आधिकारिकता पाउँदा मुख्य मन्त्रीको कुर्शी हल्लियो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

उपेन्द्र यादव पक्षले आधिकारिकता पाउँदा शंकर पोखरेललाई झड्का, प्रदेश सरकार प्रस्ट अल्पमतमा
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षीय जसपालाई बैध्यता दिए संगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रस्ट अल्पमतमा परेका छन्।  उनी नेतृत्वको सरकारको वैधतामाथि विपक्षी दलहरूले प्रश्न उठाइरहेका वेला जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि उनी प्रस्ट अल्पमतमा परेका हुन्।

हाल लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद छन्। जसमध्ये एमालेका ३८ र ठाकुर पक्षका तीनजना गरी ४१ जना सांसद पोखरेलको पक्षमा देखिएका छन्  प्रदेशमा एमालेका माधव नेपाल पक्षमा दुईजना सांसद छन्। 

Views: