d

 एकातिर गरिब जनतालाई निःशुल्क बिजुली दिने आश्वासन , अर्को तिर अघोषित लोड्सेडिङ्ग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउन लागेको बताएकी छिन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको बताएकी हुन् । 

मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउन लागेको बताई रहदा मुलुकभर अघोषित लोड्सेडिङ्ग बढन थालेको छ।  वर्षाको मौसम भन्दै वारम्बार लाइन जादा उपभोक्तालाई प्रत्यक्ष असर पर्न थालेको पाइएको छ।  

बारम्बार लाइन जाँदा अनलाइन कक्षामा बस्ने बिधार्थीहरु प्रत्यक्ष मारमा परका छन्।  

वर्षातको समयमा लाइन जानु स्वाभाविक भएको बताउने प्राधिकरणका कर्मचारीहरु पानी पर्दै नपरेको दिन समेत घन्टौ लाइन काटेर बेखबर बस्ने गरेका छन्।  

Views: