d

राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउने सपना नदेख्न महासेठको चेतावनी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाडौं: नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला चलेको भन्दै यस्तो सपना कसैले नदेख्‍न चेतावनी दिएका छन् ।

‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला प्रोपोगाण्डा मात्रै हो । यो सम्भव छैन । महाभियोग लगाउन त्यति सजिलो छैन । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो’ महासेठले भने । सोमबार रिपोर्टर्स क्लबमा नेता महासेठले यस्तो बताएका हुन् ।

उनले कांग्रेस, माओवादी केन्द्रलगायत दलका नेताहरुलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चूनौती दिए । उनले भने,‘महाभियोग लगाएर मात्रै हेर्नुहोस्, त्यसपछिको स्थिति के हुन्छ ? छोएर त हेर, लगाएर त हेर ? म चुनौती दिन चाहन्छु । हुन त उहाँहरुसँग संख्या पनि पुग्दैन । महाभियोग लगाएर मात्रै के गर्नु ? त्यो पारित हुन संख्या पनि पुग्नुपर्यो नि । पास नै हुँदैन ।’

 

Image: Kathmandu Pati

Views: