d

 राप्रपाका एजेन्डामा जनमत बढ्दै गएको छ - अध्यक्ष थापा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपाले वर्षौ देखि उठाउँदै आएको संघीयताको खारेजी, धर्मनिरपेक्षता हटाउने बारेको एजेन्डाको पक्षमा पक्षमा जनमत बढ्दै गएको दाबी गरेका छन् । सोमबार उनले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक भएको भन्दै राप्रपाले एकलाई उठाउँदै आएको एजेन्डाको पक्षमा बहस शुरु हुनु सकारात्मक रहेको बताएका हुन्।   

पार्टीको आन्तरिक छलफल र बहसका लागि भन्दै ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’शीर्षकको अवधारणा पत्रमार्फत सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना, संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने धारणा अगाडि सारेका संगै अध्यक्ष थापाले सामाजिक संजालमा ट्विट गर्दै  आफूहरु सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदै गएको बताएका छन्। 

‘संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ।’थापाले भनेका छन्, ‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो। हामी सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदैछ।’

Views: