d

बलात्कार आरोपमा असई पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुनसरी । युवतीलाई बलात्कार गरेको आरोपमा झापामा कार्यररत असई सुनसरीमा पक्राउ परेका छन् । सप्तरीको बोदे बर्साइन नगरपालिका १ धनगढी घर भई झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डललाई युवती बलात्कार आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो।

एक २३ वर्षीया युवतीले यही साउन ९ गते सुनसरीको इटहरस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि असई मण्डल आफैं प्रहरी कार्यालयमा उपस्थिति भएका थिए। मंगलबार नै सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
द नेपालटप बाट साभार 

असई मण्डलले आफूलाई विभिन्न मितिमा विभिन्न स्थानमा बलात्कार गर्ने क्रममा पछिल्लोपटक गत चैत २८ गते सुनसरीको इटहरीमै बलात्कार गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छन्।

Views: