d

अस्ताए होटल हेवन सुरुङ्गाका संचालक बिष्ट दम्पती

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सडक दुर्घटनामा परी होटल हेवन सुरुङ्गाका संचालक बिष्ट दम्पतीको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी झापाको सुरुङ्गास्थित होटल हेवनका संचालकद्धय विष्ट दम्पतीको घटना स्थलमै मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण सवैतिर सिल भएपछि व्यपार व्यवसाय अस्तव्यस्त भएका कारण मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा मंगलबार राती दमक चियाबगान सडक खण्डमा सडक दुर्घटनामा परी मृत्यु भएको बिष्टका छिमेकी सुरुङ्गा निवासी प्रेम तिवारीले जानकारी दिएका छन् ।

गएराती मंगलवार साढे १० बजे दमक चिया बगान सडक खण्डमा मोटरसाईकलमा रहेका बिष्ट दम्पती होटल हेवनका संचालक पुर्णबहादुर बिष्ट (राज) र उनकी श्रीमती भिमा कार्की विष्टको घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिष्ट दम्पति सवार प्र.२—०३—०१३—प.४७८७ नम्बरको निलो रङ्गको अपाची मोटरसाईकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख.८७३० नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने ट्रक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

मोरङ्को भाउण्डेमा मूल घर भए पनि लामो समय देखि सुरुङ्गामा होटल हेवन संचालन गर्दै आएका बिष्ट दम्पति यहाँका पुराना होटल व्यवसायी हुन् ।

Views: