d

‘संसदीय दलको नेताबाट ओलीलाई हटाउने नेपाल पक्षको तयारी’

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालनिकट सांसदहरुले वर्तमान सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन्। नेता नेपालले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुसँग छलफल गरेका थिए।

छलफलमा अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने मत राखेका हुन्। आफ्नो भनाइ राखेर छलफलबाट बाहिरिएका सांसद मेटमणि चौधरीले आफूहरुको एकै स्वर रहेको बताए। ‘सबैजनाले सरकारमा सहभागी हुनुपर्छ भन्नुभएको छ। हामी सबै एक छौं। उहाँ (नेपाल)ले पनि सरकारमा सहभागी नहुने भनेर अहिलेसम्म भन्नुभएको छैन,’ उनले भने।

आफूहरु सरकारमा सहभागी नहुने पक्षमा भनेर बाहिर आएको कुरा गलत रहेको उनको भनाइ छ। सांसदहरुले संसदीय दलको नेताबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउनु पर्ने बताएका छन्। सांसद चौधरीले संसदीय दलमा पनि बहुमत पुर्‍याउने बताए।

‘ओलीलाइ संसदीय दलको नेताबाट हटाउछौं,’ उनले भने, ‘अझै केही दिन हेर्छौं। संसदीय दलमा हामीले बहुमत पुर्‍याएर उहाँलाई हटाउछौं। हाम्रो पक्षमा बहुमत पुग्छ।’ छलफलमा नेता नेपालसहित १९ सांसद उपस्थित थिए। देउवाको पक्षमा एमालेका २२ सांसदले मत हालेका थिए।

 लोकपाटी न्यूज

Views: