d

शनिबार राति १२ बजेदेखि एक साता झापा सिल हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले शनिबार राति १२ बजेदेखि एक साता झापा जिल्ला पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको डिसीसीएमसी, पालिका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधको संयुक्त बैठकले झापा पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । यस अघि झापाका १० पालिका सिल भइसकेका छन् ।

बैठकले कोभिड–१९को तेस्रो भेरियन्टसमेत देखा परेकाले उक्त संक्रमणको नियन्त्रणका लागि सम्पूर्ण पालिकालाई पूर्व तयारी गर्न आग्रह गरेको छ । साथै उपलब्धल खोपलाई बिना भिडभाड लक्षित समूहलाई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

जिल्ला स्थित विभिन्न अस्पतालमा कोभिड संक्रमितको उपचारको क्रममा बिरामीसँग धरौटी माग नगर्न असपताललाई निर्देशन दिएको छ ।
यस अघि गत सात गतेको बैठकले पसल, होटल तथा रेष्टुरेन्ट सञ्चालनको समयवधि बढाएको थियो । डिसीसीएमसीले करिब एक महिना अघि देखि निषेधाज्ञा खुकुलो बनाउँदै लगेको थियो पछिल्लो समय पालिकाले कोभिड संक्रमणको दर बढेको भन्दै सिल गर्दै आएका छन् ।

अघिल्लो बैठकले अधिकांश पसल विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको थियो । बजार दैनिक। 

Views: