d

भ्रष्टाचारको अभियोग लागेका ट्राफिक प्रहरीको घरमा सुनको ट्वाइलेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

हालै रुसका एक वरिष्ठ ट्राफिक प्रहरी अधिकारीमाथि भ्रष्टाचारको आरोप लागेपछि सरकारी अधिकारीहरु प्रहरीसहित उनको घर छापा मार्न गएका थिए। प्रहरी कर्णेल अलेक्सी साफोनोभसहित ६ प्रहरीमाथि भ्रष्टाचारको आरोप लागेको थियो।

जब प्रहरी अलेक्सीको घर पुगे उनीहरु आश्चर्यमा परे। कारण, उनको घरको ट्वाइलेट पनि सुनले बनेको देखियो। दक्षिणी क्षेत्र स्टाभरोपोलमा रहेको अलेक्सीको घर आलिसान थियो। त्यहाँका कोठाहरु ठूला–ठूला थिए भने सजावटका सामग्री, फर्निचर निकै महँगा थिए।

उनले कालोधनको यति आर्जन गरे उनलाई शौच गर्नसमेत सुनको ट्वाइलेट चाहियो। प्रहरीमै रहँदा उनले एउटा आपराधिक समूहको नेतृत्व गरेको बताइएको छ। उनले विभिन्न चेकपोइन्टमा अवैध सामग्रीहरुको गाडीमा खोजतलासी गर्दैन थिए।

यतिबेला रुसको अनुसन्धान समितिले उनीमाथि १९ मिलियन रुबलभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ। न्युज स्काई

Views: