d

तिब्र जनविरोधका विच पनि एम सी सी पास गराएरै छाड्ने देउवाको दाउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १५ साउन । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने की नगर्ने भन्न सम्बन्धमा संसद बाहिर र भित्र तिब्र बहस शुरु भएको छ । संसद भित्र एम सी सी बारे बहस चल्दै गर्दा सामाजिक संजालमा भने एम सी सीको तिब्र बिरोध शुरु भएको छ।  सामाजिक संजालका अधिकांश प्रयोगकर्ताले मे सी सी बारे तिब्र बिरोध चर्काउन थालेका हुन्।  

सामाजिक संजाल प्रयोगकर्ताले व्यापक विरोध गरेकै कारण ओली सरकारले संचालन गर्न लागेका दर्जनौ कार्यक्रमहरु बाध्य भएर स्थगित गंर्नु परेको थियो।  एम सी सी जसरी भएपनि पास गराएरै छाड्ने प्रयासमा लागेका ओलीले सत्ता छाड्न लाग्दा समेत एम सी सी कै कारण पनि निकै ठुलो आलोचना खेप्नु परेको थियो।   

देउवा नेतृत्वको वर्तमान सरकार जसरी भए पनि एम सी सी पास गराएरै छाड्ने प्रयत्नमा छन् भने यता जनताले देशघाती एम सी सी खारेज गराएरै छाड्ने भन्दै सडक र  संजाल दुवै तताउन थालेका छन्।  

५० करोड डलरको अमेरिकी परियोजना प्रतिनिधि सभाबाट पारित गर्नुपर्ने शर्त छ । आयोजनामा कतिपय शर्तहरुका कारण प्रश्न उठाइएको छ । विशेषगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित कम्युनिस्ट दलका कतिपय सांसदहरुले यसमाथि प्रश्न उठाउँदै आएका छन् ।

आज प्रतिनिधि सभामा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले यथास्थितिमा एमसीसी पारित गरे राष्ट्रघात हुने जिकिर गरे । उनले कुनै पनि रकम राष्ट्रभन्दा माथि नहुने भन्दै एमसीसीमाथि प्रश्न उठाए ।


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तापक्षीय गठबन्धनको बैठकमा एमसीसीबारे प्रश्न उठाएका थिए । यसै हप्ता गठबन्धनको बैठकमा उनले एमसीसी पारित गर्न खोजिए गठबन्धनबाटै अलग हुने चेतावनी समेत दिए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । उनी चौंथोपटक प्रधानमन्त्री हुँदा एमसीसी भित्राइएको थियो । ४ वर्ष बितिसक्दा पनि पारित हुन सकेको छैन । नेपाली काँग्रेस एमसीसीको समर्थनमा देखिएको छ ।

एमसीसीबारे जनता समाजवादी पार्टीको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबाट खासै विरोधको स्वर सुनिएको छैन । उनीहरु यसबारे मौनप्रायः छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतमा एमसीसीको विरोधमा देखिएका थिए । उनले एमसीसी संशोधनविना पारित गर्न नहुने पक्षमा थिए । सभामुख अग्निप्रसाद सापकोटामाथि एमसीसी निर्णयार्थ प्रस्तुत नगरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गरेका थिए ।

माओवादी नेता देव गुरुङ्गले एमसीसीको चर्को विरोध गरेका थिए । उनले यसलाई अमेरिकाको सैन्य रणनीतिसँग जोडेर व्याख्या गरेका थिए । तर, पछिल्लो समय माओवादी नेताहरु एमसीसीको विरोधमा बोलिरहेका छैनन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसीको पक्षमा छन् । उनले विगतमा एमसीसी पारित गराउन खोजेका थिए । तर, सफल हुन सकेनन् ।

Views: