d

हेलमेट नलगाई मोटरसाइकलमा सवार पूर्वयुवराज पारसको ट्रफिकसँग लफडा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


हेलमेट नलगाई मोटरसाइकल चलाएका पूर्वयुवराज पारस शाहलाई ट्राफिक प्रहरीले केही समय नियन्त्रणमा लिएको छ।

 हेलमेट नलगाई मोटरसाइकलमा सवार शाहलाई नारायणगोपाल चोकमा रोकेर सोधपुछ गरेपछि उनले ट्राफिक प्रहरी र पूर्वयुवराज पारस शाह बीच बिबाद भएको थियो।  

ट्राफिक प्रहरीले हेल्मेट नलगाई सवारी चलाउने भनिरहदा  शाहले आफूले कहिल्यै हेलमेट नलगाउने बताइरहेका थिए।

प्रहरीले वाकिटकीमार्फत आफ्नो माथिल्लो निकायमा रक्सी खाएर झगडा गरेको मानिसलाई लैजान गाडी पठाउन अनुरोध गरेको भिडियोमा देखिन्छ। शाहले आफूले ‘ड्रिंक्स’ नगरेको बताउंदै ट्रफिक संग  वादविवाद चल्दा  ट्राफिकजामसमेत भएको भिडियोमा देख्न सकिन्छ।  

बिबाद हुँदै गर्दा र प्रहरीले वाकी टकी बाट फोन गरेर गाडी पठाउन  भन्दै गर्दा शाहका सहयोगीहरुले चोकबाट लगेका थिए। त्यसपछि उनी हेलमेट नलगाई आफैं मोटरसाइकल चलाएर गएको दृश्य देखिएको छ।  

Views: