d

देउवा नेतृत्वको सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१५ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले देउवा नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउन सक्नुपर्ने उनले बताएका हुन्।  

बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले वर्तमान सरकारले कुनै पनि बहाना नपाउने बताउदै एक ठाउँमा पनि नचुकी सरकार अघि बढ्नुपर्ने बताए । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए भन्दै उनले अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउन सक्नुपर्ने बताएका छन्।  

Views: