d

प्रदेश नं -१ को नामकरण गर्ने तयारी, नाम के राख्दा उचित होला ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणको लागि छलफल थालेको बताइएको छ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेको जनाइएको हो।

राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका छन्।

यसका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग राईले छलफल गरेका छन्। छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन्।

चालू अधिवेशनबाट प्रदेशको नाम राख्नका मुख्यमन्त्री राईको तयारी छ ।

प्रदेशको नामाकरण गर्दा सगरमाथा, किरात प्रदेश लगायतका नाम राखिनु पर्ने भन्दै सामाजिक संजालमा व्यापक भएको थियो।

Views: