d

झापाका सडकमै लेखियो 'नो एम सी सी'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रवादी समाज झापाको यो अभियान आयोजनामा झापाको काकरभिट्टा बाट एम सी सी विरुद्द सडक लेखन कार्य शुरु गरिएको छ।  एम सी सी राष्ट्रियताको विरुद्दमा रहेको र मुलुकलाई गम्भीर दुर्घटनामा पुर्याउने भन्दै राजाबादी संगठन राष्ट्रवादी समाजले सडकमा नो एम सी सी लेख्ने अभियान थालेको हो।  

झापाको पूर्वी द्वार काकरभिट्टा बाट एम सी सी विरुद्द सडक लेखन कार्य शुरु गरिएको राष्ट्रवादी समाज झापा आवद्द युवाहरुले बताएका छन्।  

'राष्ट्रघाती कदम विरुद सशक्त प्रतिवाद शुरु गर्नुपर्ने आवश्यकता गर्दै हामी सडक संघर्षमा छौं, मुलुकको सार्वभौममा प्रहार गर्ने उद्देश्यले ल्याइएको एम सी सी कुनै पनि हालतमा लागु गर्न दिईनु हुदैन भन्ने हाम्रो ठहर छ।' राष्ट्रबादी सङ्गठनका इन्चार्ज लिप्सन बाँस्तोलाले बताए।  

एम सी सी विरुद्द जनजागरण ल्याउने उद्देश्यले सडक लेखन अभियान शुरु गरिएको र यो अभियान मेची बाट महाकाली सम्म पुग्ने बाँस्तोलाले बताए।  

तस्बिर: लिप्सन बाँस्तोला 

Views: