d

गौरादहमा खोपको चरम दुरुपयोग देखिएको भन्दै स्थानीयहरु आक्रोशित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

गौरादह नगरपालिकाले संचालन गरेको कोभिड खोपको दुरुपयोग भएको स्थानियले आरोप लगाएका छन् ।  ५५ वर्ष उमेर भन्दा माथीका नागरिकलाइ खोप लगाउने भनेरै सूचना जारी गरिएको भए पनि जताभावी खोप लगाएको भन्दै स्थानीयले चर्को विरोध गरेका हुन्।

 

 वृद्द बृद्दालाइ समेत खोप नदिएर नगरपालिकाले खोपको दुरुपयोग गरेको उनीहरुको आरोप छ ।  नियम अनुसार कागजात हेरेर मात्र खोप लगाउन भनिएता पनि केही जनप्रतिनिधिले आफ्ना नजिकका आफन्त र पार्टीका कार्यकर्तालाई खोप दिन सिफारिस गरेको भन्दै सामाजिक संजालमा चर्को आलोचना शुरु भएको छ।   

 

 

अहिले सम्म नगरपालिकाले क-कसलाई खोप लगाएको छ, तथ्यांक सार्वजनिक गर्न माग गरिएको छ। 

 

 

वाई सी यल का नगर अध्यक्ष समेत रहेका स्थानीय सचेत युवा सामाजिक संजालमा लेख्छन्, 'गौरादह को स्वास्थ्य चौकी को लापरबाही ?? यदी भ्याक्सिन नै सकिएको भए किन हिजै जानकारी नगराएको र जनता लाई किनआज दुख दिएको??? अब यो कुरा लाई YCL नेपाल ले निगरानी राख्ने छ।'

 

 

चौहानले नगरपालिकालाई चुनौती दिदै भनेका छन् , 'अव यो कुरालाई  YCL नेपाल ले निगरानी राख्ने छ।'

 

 

त्यस्तै स्थानीय युवा कमल घिमिरे सामाजिक संजालमा लेख्छन्,'मेरी ७८ बर्ष कि आमा हतार हतार गर्दै ९:३० मा पुग्दा भ्याक्सिन सकियो भनेर फर्काइयो, तेहि भ्याक्सिन ३५-४० का युवा युबती लाई लाइयो।' 

 

 

अर्का सचेत युवा कमल खड्काले विर्तामोड नगरपालिकाका स्वास्थ्य कर्मचारीले होटलमा एक कार्टुन भ्याक्सिन लुकाएर राखेको जस्तै गौरादहमा पनि खोप लुकाइन सक्ने तर्फ इसारा गर्दै  संजालमा लेखेका छन् ,  हिजो बिर्तामोड मा भ्याक्सिन लुकाएर राखेको ठाउ बाट बरामद गरेका छन् कतै त्यहाँ  पनि...."

 

 

त्यस्तै धिमधिमे युवा क्लबका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता प्रवीण वस्नेतले आफ्नो फेसबुक प्रोफाइलमा स्टाटस शेयर गर्दै लेख्छन् ,'(Covid -19)कोभिड १९ सम्बन्धि भेरोसेल खोप गौरादह नगरपालिका को गौरादह नगर स्वास्थ्य शाखाले  बिशेस गरेर गौरादह स्वाश्थ चौकी मा के आधारमा कस-कसलाई दिएको छ यस बारेमा हामिले प्रश्ट हुन पाउने कि नपाउने??हो खोप बाट बन्चित कोही हुनु हुदैन यस्को मतलव यो पनी हैन कि तपाई सरहरुका मान्छे मात्र बाच्ने प्राथमिकता मा पर्नु हुन्छ।के कसरी खोप लगाउने र पैला कस कसलाई प्राथमिकतामा राख्ने यो सबै सरहरुकै निर्णय भएपनी हामीले जान्ने अधिकार राख्छौ र लिन्छौ पनी।शक्तीको दुरपयोग गर्न कसैलाई छुट छैन र त्यस्तो कदापी हुन दिन्नौ पनी।कृपाया सबैको डिटेल सहित हामि सर्बसाधारणलाई पनि जानकारी गराउनु होला ता की हामिले पनी गर्भका साथ भन्न पाऊ कि हाम्रो क्षेत्रमा खोप लाउन यस्ता यस्ता मान्छे प्राथमिकतामा परे भनेर।हामी जनता त सधै तपाईहरुकै साथमा छौ र पनी खै त बुझेको??बिर्तामोडमा त स्वाश्थ चौकी सम्म जान नसक्ने VIP हरुलाई होटलमा खाजाका साथमा खोप सित्तैमा भन्ने सुन्नमा आयो कतै हाम्रो तिर त्यो भन्दा थोरै अलग तरिका अपनाएको त हैन नी???नत्र ८० माथिका असक्त बृदहरुलाई दिनभरि ताता घाममा तताएर अन्त्यमा खाली हात घर फर्काएर खोप कस्लाई दिनु भयो??जम्मा यति खोप आएको थियो सबै बितरण गर्यौ मात्र भनेर पुग्छ कि यो-यो ब्यक्ती पनी!!!!!!!!!
हो प्राय राम्रो गर्छु भन्दा भन्दै पनी यस्ता बिबाद आउछन तर के यसरी नै बिबादमै बस्ने त हामी जहिल्यै???'

 

 

खोप केन्द्रमा ठेलमठेल 

 

नगरपालिकाले तोकेको खोप केन्द्रमा खोप लगाउन आएका स्थानीयले सास्ती भोग्नुपरेको देखिएको छ। सिमित कर्मचारीको भरमा चलाएको खोप केन्द्रमा भिडभाड गरेर खोप लगाइनुले स्थानीयमा संक्रमण सर्ने एकातिर खतरा देखिएको छ भने अर्को तिर कमजोर व्यस्थापनका कारण खोप लगाउन गएकाहरु खोप नै नलगाई फर्किदा समेत कसैले वास्तै नगर्ने गरेको देखिएको छ।  

 

कोभिड महामारीमा उच्चस्तरीय स्वास्थ्य सावधानीका साथ् खोपस्थल संचालन गर्नु पर्नेमा यसमा पनि नगर प्रशासनले वेवास्ता देखाएको पाइएको छ।  

 

दर्जनौ सामाजिक संघ संस्था भएको गौरादहमा स्वास्थ्य स्वयंसेवकको लागि सामान्य अनुरोध गर्दा पनि राम्रो व्यस्थापन गर्नसकिने भएपनि नगरपालिकाको उदासिनताका कारण खोप स्थल बाटै संक्रमण भयावह रुपमा फैलन सक्ने खतरा देखिएको छ।  

 

नेपाल स्काउटको नगर शाखाको रुपमा स्वयम नगरपालिकाले व्यस्थापन गरेको भएता पनि स्काउट टिमलाई परिचलान  गर्न समेत उदासिनता देखाउनुले नगरपालिका नागरिक स्वास्थ्यमा गम्भीरता देखाउन नसकेको प्रष्ट देखिएको छ।  

 

अहिले सम्म नगरपालिकाले ज्यस्ठ नागरिकको लागि खोप कार्यक्रम संचालन गरेको यो दोश्रो पटक हो।  दोश्रो पटकको खोप कार्यक्रम अन्तिम चरणमा पुग्दा समेत नगरपालिका भित्रका अधिकांश ज्यस्ठ नागरिकले खोप लगाउन पाएका छैनन्।  

 

भत्ता लिन समेत उस्तै भिड / मिडिया मैत्री छैन नगरपालिका 

 

ज्यस्ठ नागरिकलाई भत्ता लिन समेत उस्तै सकस पर्ने गरेको छ।  वैंकमा भत्ता लिन गएका अधिकांश ज्यस्ठ नागरिकले भिडभाडको सामना गर्नु पर्दा समेत नगरपालीकले वास्तै नगर्ने सेवाग्राहीहरु बताउछन्।  

 

निर्वाचनताका भोट माग्न आउँदा ज्यस्ठ नागरिकलाई घर घरमा भत्ता लिएर आउने बताउने जनप्रतिनिधिले स्वयम् ज्यस्ठ नागरिकलाइ अनावश्यक झन्झट दिने गर्नाले नगर प्रशासनको एकातिर धज्जी उडेको छ भने अर्कोतिर स्थानीय सरकारको चौथो वर्षको कार्य संचालनमा आइ पुग्दा समेत  नगरवासीलाई निरास बनाउनुले सिंगो व्यवस्था माथि नै प्रश्न चिन्ह तेर्सिन थालेको ।   

 

 

अधिकांश स्थानीय तहले खोप लगायतक कुनै पनि ठोस गतिविधी संचालन गर्न लाग्दा स्थानीय संचार क्षेत्रको उच्चतम प्रयोग गर्ने गरेका भएतापनि गौरादह नगरपालिकाले स्थानीय संचार माध्यम संग दुरी बढाउन मात्र खोजेको पाइन्छ।  

 

खोप तालिका प्रकाशन लगायतका सुचना संचारमाध्यममा प्रकाशन गर्दा खोप कार्यक्रम संचालन गर्न निकै सहज हुने र खोप प्रति जनमानसमा रहेको भ्रम चिर्न सकिने भएता पनि यस तर्फ नगर प्रशासनले अनविज्ञता प्रकट गर्नु दुर्भाग्य पूर्ण हुने सरोकारवालाको ठम्म्याइ छ।  

Views: