d

​​​​​​​दिउसो सडकमा 'नो एम सी सी' लेखिदै राती प्रशासनले मेटाउदै 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  
राष्ट्रवादी समाज झापाले एमसीसीको विरोधमा झापामा प्रदर्शन गरेको छ । झापाका विभिन्न मुख्य चोकका सडकमा नो एमसीसी लेखेर प्रदर्शन गरेको हो । समाजको युवाहरुले नेपालको राष्ट्रिय झण्डा सहित विभिन्न ठाउँमा एमसीसीको विरोध गरेर लेखिएको हो । 

दिउसो सडकमा लेखिएको 'नो एम सी सी' राती आएर प्रहरीले मेटाउने गरेको अभियन्ता लिपसन बाँस्तोला बताउछन्। 


राष्ट्रवादी समाज झापाका सल्लाहकार गिरिराजमणि पौडेलको नेतृत्वमा भएको उक्त प्रदर्शनमा एमसीसी राष्ट्रघाती छ, ७२ सालको संबिधान धोका हो लगायतका नारा लगाएका थिए । समाज गत ९ गतेदेखि एमसीसी विरोधी प्रदर्शनमा रहेको छ । यो परियोजना खारेज नहुदासम्म प्रदर्शन गर्ने सल्लाहकार पौडेलले बताए । 


 

Views: