d

मेलम्चीमा बाढी : रेडियो मेलम्चीको भवन ढल्यो, ग्यालथुम बजार उच्च जोखिममा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सिन्धुपाल्चोक :गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत भएको मेलम्चीमा शनिबार रातिदेखि आएको भिषण बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । 

मध्यरातमा आएको बाढीले  रेडियो मेलम्चीको भवन ढलेर बगाएको बताएको हो।  

गत महिना आएको  बाढीमा उक्त बह्वन डुबेको भए पनि  भवन भने भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो  । राति आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुन सक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि, हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए । खोलाबाट असार १ जत्तिकै आवाजमा आएको उनले बताएका थिए ।
 

Views: