d

प्रचण्ड-नेपाल भेटवार्ता, सरकारमा सहभागी हुनेबारे छलफल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् ।

भेटमा सरकारमा सहभागिताका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि प्रचण्डले पार्टीको स्थायी कमिटीमा नेता नेपाल पक्ष सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए । समसामयिक राजनीतिका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।

 

Views: