d

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: नियुक्त गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसाललाई बोलाई घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ।

प्रधानमन्त्री देउवाको निर्देशनमा मन्त्री भुसालले मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन आग्रह गरेकी थिइन्।

 

Views: