d

भविश्य सुनिस्चित गर्दै छन् अनलाइन कक्षा चलाउने बिद्यालयहरु 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/ पर्दाफास साउन २०: कोरोना महामारीको समयमा ठप्प भएका बिद्यालयमा अनलाइन कक्षाको अभ्यास शुरु भएको छ।  शहरमा मात्र होइन गाउँ गाउँमा अनलाइन माध्यमबाट कक्षाहरु संचालन हुन थालेका हुन्।  

अनलाइन कक्षा संचालन गर्ने विद्यालयहरु गतिशील देखिएका छन् भने यसको सम्भावना नद्खनेहरु बन्द हुने अवस्थामा समेत पुगेका छन्।
२५ प्रतिशत बिद्यार्थीलाई अनलाइन कक्षा मार्फत सेवा शुरु गर्दा पनि सफलता कै बिन्दु मान्नु पर्ने निजि बिद्यालय संचालकको अनुभव छ।  

 

तस्विर सौजन्य: राजकुमार कार्की 

 

कतिपय निजि बिद्यालयले विभिन्न बहाना देखाएर अनलाइन कक्षा संचालन  गर्न नसकिने बताउदै आएका छन् भने त्यस्ता बिद्यालयले शिक्षकले पाउनु पर्ने  तलब सुबिधा समेत वेवास्था गर्दै आएका छन्।  

अनलाइन कक्षा संचालन गर्न सकिने या नसकिने भन्ने बारे व्यापक बहस चल्दै गर्दा गाउँ घरका बिद्यालयले समेत अनलाइन कक्षाको सुरुवात गर्नु भनेको आफैंमा निकै महत्वपूर्ण पक्ष हो यद्दपी भर्चुअल प्रबिधी बाट कक्षा संचालन गर्दा कतिपय अभिभावकले चासो नदेखाउने गरेको निजी बिद्यालय संचालकहरु बताउछन्।  

अभिभावकले चासो नदेखाउनुमा घरमा इन्टरनेटको अभाव, युपयुक्त डिभाइस नहुनु र अनलाइन प्रबिधीको बारेमा बिद्यालयले बुझाउन नसक्नु नै मुख्य देखिएको छ।  

पर्दाफास टिमले गत हप्ता झापाको गौरादह नगरपालिका स्थित एक गाउँमा यसबारे एक सर्वेक्षण गरेको थियो।  उक्त गाउँको १२ घरमा गरेको सर्वेक्षणमा ७ वटा घरमा इन्टरनेट सुबिधा जडान र १० वटा घरमा स्तरिय खालको मोबाइल रहेको पाएको थियो। 

सर्वेक्षणले अनलाइन कक्षामा पढ्नको लागि करिब ७० प्रतिशत बालबालिकाहरु उत्साहित देखाएको थियो ।  
 

Views: