d

कोभिशिल्डको दोस्रो डोज २५ साउनदेखि, जेष्ठ नागरिक पहिलो प्राथमिकतामा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी रहेका  करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोप दिईने भएको छ । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ । ‘चार/चार लाख गरेर ८ लाख डोज खोप आगामी दुई दिनमा आउँछ र बाँकी ८ लाख डोज खोप १० दिनपछि पठाउने भनिएको छ’ डा. गौतमले भने ।


फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।

Views: