d

ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेपाल समूहको निष्कर्ष

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी ओलीसँग एकताको सम्भावना कमजोर हुँदै गएको निष्कर्ष निकालेका छन् । शुक्रबार बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले केपी ओली एकताको पक्षमा नरहेको र झुट मात्र बोलिरहेको निष्कर्ष निकालेका हुन् । काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेका छन् ।

‘केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन भन्ने केन्द्रीय सदस्यहरूको धारणा रह्यो । यो सबै केपी ओलीले झुटो बोलिरहेका छन् । उनी एकताको पक्षमा छैनन् । यसको भ्रममा नपरौँ भन्ने एकथरी केन्द्रीय सदस्यहरुको भनाइ थियो,’ बैठकबारे जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले भने । खतिवडाका अनुसार सबै केन्द्रीय सदस्यहरूले मूलतस् तीन वटा विषयलाई प्राथमिकता दिएका थिए ।पहिलो, एकता भए सम्मानजनक र सह अस्तित्वका आधारमा हुनुपर्ने साथै आफ्नो पक्षले पनि जितेको देखिने गरी एकता हुनुपर्ने । दोस्रो, केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन । र, तेस्रो कार्यदलले गरेको मिहिनेत अपुरो छ । १० बुँदे सहमतिले आफूहरूको आकाङ्क्षा र एकतालाई विकसित गर्दैन । यसलाई पूर्ण बनाएर समग्रमा सम्झौता गर्नुपर्छ नत्र पुरानै दलदलमा फस्ने मात्र देखिन्छ ।

Views: