d

राजा त्रिभुवनकी कान्छी छोरीको निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी भारती राज्यलक्ष्मीदेवी भंजको आइतबार निधन भएको छ। 

 तत्कालीन राजकुमारी भारतीको ९२ वर्षको उमेरमा भारतको ओडिशा राज्यको बरिपाडास्थित आफ्नै निवासमा नि धन भएको थियो यसअघि ठिक १ महिना अगाडि गएको जेठ २८ मा भारतीकी दिदी, पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मी देवी सिंहको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा नि ध न भएको थियो ।

 नलिनिको नि ध नपछि राजा त्रिभुवनका छोराछोरीमध्ये भारती मात्र बाँकी थिइन् । हिजो भारतीको नि धन भएसँगै अब राजा त्रिभुवनका छोराछोरी कोही पनि बाँकी रहेनन् । भारती मयुरभंज राज्यकी राजमाता थिइन् । त्यहाँका तत्कालीन राजासँग भारतीको विवाह भएको थियो । भारतीको १७ फेब्रुअरी सन् १९२८ मा नारायणहिटी राजदरबारमा जन्म भएको थियो ।

nepalrabibar.com 
 

Views: