d

भुमी आयोग खराज गर्ने देउवा सरकारलाई महिला सांसदको चेतवानी, धरहरा भत्काएर देखाउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडाैं । राष्ट्रिय सभा सदस्य भगवति न्याैपानेले भूमिसम्बन्धी समस्या समाधानआयाेग खारेज गर्ने सरकारकाे निर्णयप्रति कडा आपत्ति जनाएकी छिन् 

बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै प्रमुख प्रतिपक्षी एमालेकी सांसद् भगवतिले लाल पूर्जा कुरेर बसेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई परमादेशकाे सरकारले आँसु दिएकाे बताइन्। 

उनले भनिन् - 'नेकपा एमालेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई बास बस्न एक टुक्रा जमिन र पेट पाल्न जमिन दिने सपना देख्याे, साेही अनुसार कार्ययाेजना बनाएर अगाडि बढ्याे, केपी ओली नेतृत्वकाे सरकारले आयाेग गठन गरेर भूमिहीनका सपना पूरा गर्ने चरणमा थियाे  तर परमादेशबाट बनेकाे सरकारले लालपूर्जा र मुस्कान दिनुकाे सट्टा आँसु उपहार दिएकाे छ म यसप्रति खेद प्रकट गर्छु ।'

भूमिहीन सुकुम्बासीलाई धैर्य गर्न आग्रह गर्दै भगवतिले भनिन्  - 'हामी मनमाेहन अधिकारी र केपी ओलीका कार्यकर्ता हाैं, त्यसैले हामी भाैतिक रुपमा ढल्न तयार छाैं हामी चितामाथि जल्न तयार छाैं तर भूमिहीनलाई जग्गा दिलाउनका लागि अनवरत रुपमा लडिरहनेछाैं, तपाईंहरुकाे साथमा अनवरत रुपमा लागिरहनेछाैं, याे विश्वास दिलाउन चाहान्छु ।'

हिम्मत भए केपी ओली सरकारले बनाएका संरचना र लाेकप्रिय कार्यक्रम खारेज गरेर देखाउन पनि उनले चुनौती दिइन्  । भगवतिले भनिन्  -' हिम्मत छ ? हिजाे ओली सरकारले गरेका सबै काम भत्काउ सरकार,  म चुनाैती दिन चाहान्छु-ओली सरकारले बनाएकाे धरहरा भत्काउ सरकार,  रानीपाेखरी भत्काउ सरकार ,ओली सरकारले हिजाे देखेका सबै सपना खारेज गर सरकार,अन्तराष्ट्रिय रुपमा ओली सरकारले गरेका ए‍ेतिहासिक सम्झाैता खारेज गर हिम्मत छ ?'

नेपाली जनताले देखेकाे केही सपना ओली सरकारले पूरा गरेकाे र केही पूरा हुने चरणमा रहेका भन्दै उनले ती पनि भत्काएर देखाउन चुनाैती दिईन  । 'याे मुलुकलाई बदल्ने गेम चेन्जरका ठूला ठूला आयाेजनाबाट मुलुक बदल्ने सपना नेपाली जनताले देखे, त्यही अनुसार ओली सरकारले थुप्रै आयाेजना अगाडि बढायाे, देशकाे मुहार फेर्ने सपना देख्याे, सुरुङमार्ग सुरु गर्‍याे भत्काउ सरकार, मदनभण्डारी र मध्यपहाडी हुलाकी मार्ग भत्काउ सरकार, अन्तराष्ट्रिय विमानस्थलहरु सम्पन्नताकाे चरणमा पुगेका छन् भत्काउ सरकार, ओलीले अगाडि सारेका आयाेजना र सपना भत्काउ परमादेशी सरकार'- भगवतिले चुनाैति दिँदै भनिन्।  

ओली सरकारले गरेकाे सम्झाैता अनुसार  १ कराेड ३१ लाख खाेप सुनिश्चित गरेकाे भएकाे र साे खाेप आउने क्रममा रहेकाे भन्दै उहाँले वर्तमान सरकारले त्यसलाई व्यवस्थित गर्न नसकेकाे बताउनुभयाे ।  कांग्रेका नेता र पहुँचवालाकाे घर घरमा लगेर खाेप लगाइएकाे  तर नेपाली जनतालाई दिनभर लाइनमा बस्दा पनि खाेप नदिइएकाे भन्दै उहाँले आक्राेश पाेख्नुभयाे । व्यङ्ग्य गर्दै भगवतिले भनिन् -'अझै के के गर्न सक्छाै गर, अझै गरिब र सर्वसाधारण जनतालाई सास्ती देउ ।'

सरकार गठन भएकाे एक महिना हुनै लाग्दा पनि मन्त्रिमण्डलाई पूर्णता दिन नसकेकाे बताउँदै उहाँले भनिन् - ' याे देश लुट्नका लागि हाेटलमा बसेर अझै माेलमाेलाइ गर, अझै मन्त्रिपरिषद् विस्तार गर्ने बेला भएकाे छैन ।' 

सनराइज खबरको सहयोगमा 

Views: