d

मनाङ: प्रचण्डले गरे बाढी प्रभावित क्षेत्र निरीक्षण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लमजुङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको एक टोलीले शनिवार मनाङको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । ​बाढीपहिराका कारण मनाङमा पुगेको भौतिक क्षतिको निरीक्षणका लागि उनीहरु पुगेका हुन्।  

प्रचण्ड संगै  पूर्व मन्त्री देवप्रसाद गुरुङ, पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ, उर्जा सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक अर्जुन थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल लगायतको टोलीद्वारा  मनाङको बाढी प्रभावित पिसाङ, दानाक्यु, चामे लगायतका क्षेत्रको स्थलगत निरीक्षण भएको बताइएको छ।  

निरीक्षणपश्चात् पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमार्ण र विस्थापितहरुको पुनर्स्थापनामा सरकारले सघाउने र त्यसका लागि आफूले पनि पहल गर्ने बताए।  

प्रमुख जिल्ला अधिकारी लामिछानेले मनसुनजन्य गतिविधिबाट मनाङका १६ वटा झोलुङे पुल, ७ वटा मोटरेबल पुल, ५ वटा लघु जलविद्युत आयोजना, ११ वटा खानेपानी आयोजना, ५ वटा सिँचाइ आयोजनामा क्षति पुग्नुका साथै ८५ घरमा पूर्ण क्षति पुगेको र  बाढीबाट १ हजार जना विस्थापित भएका निरीक्षण टोलीलाई जानकारी गराएका थिए।  

निरीक्षण टोली आज (शनिबार) नै मनाङबाट काठमाण्डाै फर्किसकेको छ ।  उज्यालो 

 

 

तस्बिर: रातो पाटी

Views: