d

पोर्चुगलमा एक नेपाली महिलाको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोर्चुगल / बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ। पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको गत मंगलबार मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ।

 


मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो। उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन्। एनआरएनएले एक विज्ञप्ति जारी गर्दै उनको निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित् एवम् मर्माहत बनाएको जनाएको छ।

Views: