d

यो सरकार अपवित्र र देशभक्त शक्तिविरुद्धको गठबन्धन हो : केपी ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई अपवित्र गठबन्धन भएको आरोप लगाएका छन् । उनले यो लोकतान्त्रिक बाटोबाट आएको सरकार नभएको समेत टिप्पणी गरे ।

उनले अहिलेको सरकार देशभक्त शक्तिविरुद्ध बनेको गठबन्धनको सरकार भएको दाबी गरे । एमालेको सोमबार दिउँसो शुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले साँठगाँठबाट यो गठबन्धन निर्माण भएको आरोपसमेत लगाए। देशभक्त शक्तिविरुद्ध यो गठबन्धन बनेको हो, उनले भने, ‘जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठबन्धन हो यो ।

’बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विश्वास नगरेर अपवित्र गठबन्धनको संस्कृतिको विकास भएको छ, ओलीले भने, त्यस संस्कृतिको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिकाविरुद्ध आक्रमण केन्द्रीत गर्ने । यसलाई उहाँहरू लोकतान्त्रिक संस्कृति भन्नुहुन्छ । सुरु कसरी गर्नुहुन्छ भने नेकपा एमाले सरकारका पालामा गरिएको नियुक्ति खारेज गरेर ।

उनले आफूहरु पवित्र साँठगाँठ र संस्कृतिको विकास गर्नतिर लागेको बताए ।

Views: