d

प्रचण्डसँग मिलेर माधव नेपालले एमाले ध्वस्त बनाए – ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट नेता माधवकुमार नेपालले विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन फ्लोर क्रस गर्ने कुरा सामान्य अपराध नभएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा फर्किएर काम गर्न चाहनेलाई जहिले पनि स्वागत गरिने बताउँदै पार्टी अनिर्णयको बन्दी हुने गरी अब कसैलाई पर्खेर बस्न नहुने बताएका छन् ।

साथै ओलीले पार्टी २०७५ जेठ २ कै संरचनामा पुगेको अवस्थामा असन्तुष्ट समूहमा लागेका तर संस्थापनमा फर्किएर काम गर्न चाहनेलाई विना संकोच काममा फर्कने वातावरण मिलाउने पनि बताएका छन् ।

‘तलका कमिटीका काम विल्कुल नरोक्नुस । आउने साथीहरुलाई विना संकोच काम दिनुस् तर कहिले आउलान् भनेर पर्खेर नबस्नुस्,’ ओलीले भने ।असन्तुष्ट समूहले उल्टै संस्थापन समूहलाई सच्चिने मौका भनेर जारी गरेको फरमान मान्य नहुने पनि ओलीले बताएका छन् ।

‘केपी ओलीलाई सच्चिने अन्तिम मौका छ,माफी माग भनेछन् । मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे,’ माधव नेपालप्रति कटाक्ष गर्दै ओलीले भने ।

अपवित्र साँठगाँठ र गठबन्धनमा लागेका असन्तु्ष्ट समूहले कम्युनिष्ट आन्दोलन र वलिदानीलाई आक्रमण गरेको पनि उनले आरोप लगाएका छन् । ‘अपवित्र गठबन्धन र अपवित्र गठबन्धनको साँठगाँठ । त्यस संस्कृतिको काम के भन्दा प्रगतिशिल र जनपक्षीय शक्तिका विरुद्ध आक्रमण,’ उनले भने ।

Views: