d

'एम सी सी' लेख्दै गर्दा परिवर्तनका लागि युवा अभियानका एक सदस्य प्रहरी द्वारा पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: एम सी सी को विरोध गरेको भन्दै झापाको गौरादह बाट परिवर्तनका लागि युवा अभियान आबद्द एक युवालाई प्रहरीले पक्राउ गरेको छ।  एम सी सी राष्ट्रघाती परियोजना  भएको भन्दै सडकमा नो एम सी सी लेख्दै गर्दा अभियानका सदस्य संजय राजवंशीलाइ प्रहरीले पक्राउ गरेको बताइएको हो।  

 

स्थानिय सडकमा 'नो एम सी सी' लेख्दै गर्दा गौरिगंज तर्फ वाट आएको डि एस पी सवार प्रहरीको गाडीमा हालेर दमक तर्फ लिएर गएको संस्थाका संरक्षक केदार खड्काले बताएका छन्।  

 

गैरकानुनी ढंगले पक्राउ गरिएको भन्दै संस्थाका अध्यक्ष भुवन खड्काले सामाजिक संजाल मार्फत भर्त्सना गरेका छन्।  आफ्नो संस्थाको सदस्यलाई गैरकानुनी ढंगले प्रहरीले पक्राउ गरेको भन्दै खड्काले बिना सर्त रिहाइ गर्न समेत माग गरेका छन्।  

 

सामाजिक संजालमा अध्यक्ष भुवन खड्का लेख्छन्, 'परिवर्तनका लागि युवा अभियान ले राष्ट्रघाती mcc परियोजनाका बिरुद्ध सडकमा no mcc लेख्दैगर्दा गैरकानुनी रुपमा अभियानका सदस्य संजय राजवंशीलाई दमक प्रहरीले पक्राउ गरेको हुदा प्रहरी दमनको घोर निन्दा गर्दै बिनाशर्त रिहाइको माग गर्दछौं ।'

 

यस्तै परिवर्तनका लागी युवा अभियानका संरक्षक केदार खड्काले समेत सामाजिक संजाल मार्फत उक्त घटनाको विरोध गर्दै पक्राउ परेका राजवंशीलाई तत्काल रिहाइ गर्न माग गरेका छन्।  

 

खड्का लेख्छन् - 'परिवर्तनका लागि युवा अभियानले राष्ट्रघाती MCC परियोजनाका बिरुद्ध सडकमा NO MCC लेख्दैगर्दा गैरकानुनी रुपमा अभियानका सदस्य संजय राजवंशीलाई दमक प्रहरीले पक्राउ गरेको हुदा प्रहरी दमनको घोर निन्दा गर्दै बिनाशर्त रिहाइको माग गर्दछौं ।'

Views: