d

'नो एम सी सी' लेख्दा पक्राउ परेका राजवंशीलाई प्रहरीले छाड्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: सडकमा 'नो एम सी' लेख्दै गर्दा पक्राउ परेका गौरादहका युवा संजय राजवंशीलाइ प्रहरीले रिहाई गरेको छ ।  


 एम सी सी को विरोध स्वरुप सडक लेखन गर्दै गर्दा पक्राउ परेका राजवंशीलाई प्रहरीले सामान्य सोधपुछ पश्चात छोडेको बताइएको हो ।


परिवर्तनका लागी युवा अभियानका सदस्य समेत रहेका राजवंशी अभियानकै आयोजनामा भएको  सडक लेखन अभियानमा खटिएको बेला अकस्मात पक्राउ परेका थिए।  

 

पक्राउ पर्ने वित्तिकै राजवंशीलाई विना सर्त रिहाइको माग गर्दै परिवर्तनका लागी युवा अभियानका पदाधिकारीले सामाजिक संजाल मार्फत तिब्र आक्रोश व्यक्त गरेका थिए।

 

राजवंशीलाइ गैर कानुनी ढंगले पक्राउ गरिएको अभियन्ताको आरोप छ।  

Views: