d

राप्रपा महिला नेत्री भरिपुर्ण राईले दिएको राजिनामाले सिकाएको पाठ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीको भगिनी संगठन प्रजातान्त्रिक महिला संघकी केन्द्रिय सदस्य भरिपुर्ण राईले पद बाट राजिनामा दिएकी छिन्।  


सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै महिला नेत्री राईले केन्द्रिय सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेकी हुन्।  

 

झापाको गौरादह नगरपालिका वडा न ७ स्थायी वसोवास गर्ने नेत्री राई नेपाल महिला सशक्तिकरण संस्थाको केन्द्रिय अध्यक्ष तथा पार्टीको झापा जिल्ला समिति सदस्य समेत हुन्। 

 

 

दर्जनौं सामाजिक संस्थामा आवद्द राई झापाली महिलाहरु माझ परिचित नाम हो।  सदैव सामाजिक सेवामा खटिने र पार्टी भित्रको हरेक जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्न सक्षम मानिने राईको राजिनामाले स्थानिय देखि केन्द्र सम्म हलचल ल्याएको बुझिएको छ।

 

 कतै राप्रपा छोडेर अन्य दलमा प्रवेश गर्न लागेकी त होइनन् भन्ने चर्चा समेत उति नै चल्न थालेको छ।  

 

यद्दपी राईले केन्द्रिय सदस्य पद बाट राजिनामा दिनुपर्ने कारण भने अर्कै रहेको पाइएको छ।

 

उनले एक व्यक्ति एक पदको सिद्दान्त अङ्गीकार गर्दै राजीनामा दिएको बताएकी छिन् ।  एउटै व्यक्तिले धेरै वटा पद ओगक्ट्नाले पार्टीलाई गतिशील बनाउन नसकिने उनको ठहर छ।  आफु महिला शसक्तिकरण संस्थाको केन्द्रिय अध्यक्ष तथा राप्रपा झापा जिल्ला कार्यसमिति सदस्य रहेकोले एक भन्दा बढी पदमा बस्न नसुहाउने भन्दै महिला सङ्गठनको केन्द्रिय सदस्य पद बाट राजिनामा बताएकी छिन्।

 

 


किन पद छाड्नु भएको हो भन्ने पर्दाफास प्रतिनिधीको जिज्ञासामा नेत्री राई ले यसो भनिन्

 

 'सदस्य पद मात्र छाडेको हो।  अब देखि एक व्यक्ति एक पद हुनु पर्यो।  एउटै व्यक्ति तिन चार ठाउँ बस्ने चलन को अन्त्य हुनु पर्छ , पार्टीको नेताको ओरिपरि राजधानीमा घुम्ने गाउँ नबस्ने मन पर्ने नेताको फेसबुकबाट चाकडि गर्ने, सामाजिक सन्जालामा आकासै झारे जस्तो कुरा पोस्ट गर्ने ।  यो बेला जनताको बिचमा नजाने।  कोरना छ भन्ने, सङ्ठन नगर्ने।  अनि आफु केन्द्रिय नेता भन्ने? एस्तो प्रवृत्ति को बिरोध गर्ने सुवात गरेको हो।  म जेम्मेवार भै सकेको महिला हु।   आबेगको निर्णय हुदै होइन सहि समयमा सही निर्णय लिएकी छू।   यो बेला जनताले राप्रपा प्रति बिस्वास गर्न थालेका छन केहि आसा गरेका छन।  काङ्ग्रेस कम्युनिस्ट प्रति वित्रिस्णा सृजना भएको बेलामा जनताको  दुखमा  सहभागि हुनु पर्यो।  बिदेस बाट रेमिटान्स आउन बन्द हुने अबस्था छ।  युवाहरु बेरोगारले भौतारिरहेका छन्।  शिक्षा अन्योल ग्रस्त छ।  गाउँमा मान्छेले उपचार पाएका  छैनन्।   किसानहरुअझै युरिया खोज्दै छन्।   यो बेलामा गाउँ बस्तिहरु जानु पर्यो नी होइन र ?  राप्रपा मात्र होइन अरु पार्टीको नेताको पनि उस्तै गतिविधी देखेको छु। ' 

 

चाप्लुसी र चाकडी गर्दै पद ओगट्ने तर पार्टीको लागी माखो नमार्ने कार्यकर्तालाई नेत्री राईको राजिनामाले राम्रै झापड हानेको विश्लेषण हुन थालेको छ।  राईको राजिनामाले राप्रपामा मात्र होइन अन्य राजीनितिक दलमा समेत चाकडी र चाप्लुसी गर्नेहरुलाई कडा रुपमा संदेश दिएको, केन्द्रिय नेतृत्वलाई रिझाउन सके सिन्को पनि भाँची रहनु पर्दैन भन्ने तल्लो सोच बोकेका पार्टी कार्यकर्तालाई गम्भीर भएर मनन गर्नैपर्ने दायित्त्व पार्टी सङ्गठकमा देखा परेको विश्लेषण गरिन्छ।  

Views: