d

गौरादह: वडा नम्बर ८ मा सूचना, संचार र खेलकुदको बजेट खोइ ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल / पुष्प आर जे 

 

 

झापा: मुलुकका अधिकांश स्थानियतहले  सूचनाहरु लुकाउने गरेका खबर नौलो होइन।  गौरादह नगरपालिका वडा न ८ ले संचार माध्यमलाई सूचना उपलब्ध गराउन चाहेको छैन। 

 

गत महिना वडा अध्यक्ष भुमीराज पोख्रेलले सामाजिक संजालमा आक्रोश पोख्दै लेखेका थिए, 'मेरो वडामा हरेक साल बजेट कटौती गराइन्छ किन ?'

 

उनको कटाक्ष थियो नगर संयन्त्र र प्रदेश सरकार माथी। 

 

वडा अध्यक्ष पोख्रेलको आवेसपूर्ण स्टाटस आए संगै वडा भित्र ४ वर्षको अन्तरालमा के कति विकास निर्माण सम्पन्न भए? र अन्यत्र जस्तो बजेट फ्रीज भएको छ छैन ? भन्ने दुइ वटा सूचना पर्दाफास मिडिया नेटवर्कले माग गरेकोमा अहिले सम्म उनले लिखित रुपमा माग गरिएको सूचनालाई समेत वेवास्ता गरेका छन्।  

 

यो पटकको बजेटमा उनले अर्को गम्भीर भुल गरेको पाइएको छ।  उनले खेलकुद र संचार क्षेत्रको बजेट कटौती गरेका हुन्।  

 

वडा अध्यक्षको यो नियतले गौरादह वडा न ८ का युवाहरु चिन्तित बनेका छन् भने संचार माध्यमलाई समेत वेवास्ता गर्दै पोख्रेलले बजेट कटौती गरेका छन्।  त्यसो त गत वर्षको खेलकुद शिर्षकको ३ लाख रुपैंया बजेट उनले फ्रीज नै पारेका छन्।  

 

संचार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिन समेत ठाडो अस्विकार गर्ने पोख्रेल आफ्नो वडाका गतिविधीहरु संचार माध्यममा आवोस भन्ने नै चाहदैनन्।  

 

नगर कार्यपालिका मिटिंगमा संचार क्षेत्रलाई टेवा पुर्याउने खालको एजेण्डा ल्याइदा पनि उनि संचारक्षेत्रको पक्षमा बहस गर्नुको सट्टा मौन बस्ने गरेको बताइन्छ।  

 

 वडा अध्यक्ष जस्तो ओजस्वी र गरिमामय पदमा  बस्नेहरुले युवा र संचार जस्ता अति महत्वपूर्ण क्षेत्रमा बजेट कटौती गर्दा स्थानिय सरकार माथि नै निरासा बढाएको जनमानसमा तिब्र चर्चा छ। 


त्यसो त गौरादह नगरपालिकाले संचार क्षेत्रमा निकै ठुलो धनराशी खर्च गर्ने गरेको पाइन्छ।  झापामा बलियो संचार उपस्थिती रहेको चर्चा चल्ने गौरादहमा यहाँका संचार उद्यमी र श्रमजीवी पत्रकारको पक्षमा बोलिदिने जनप्रतिनिधी नहुदा संचार गृहहरु विस्थापित हुने अवस्था एकातिर छ भने अर्को तिर अनियमिता ढाकछोप गरिदिने अभिलिसामा बाहिरी संचार गृहलाई निमन्त्रणा गरेर मोटो रकम निकासा गर्नु तथा अनियमिता उजागर गर्ने स्थानिय संचार मध्यमलाई वेवास्ता गर्ने अभ्यासले  नगरको सिंगो विकासमा नकारात्मक असर पुग्ने सरोकारवालाको ठहर छ।  


 

Views: