d

‘अन्तर्राष्ट्रिय युवा दिवस’  को अवसरमा डिपु चौकमा राखियो राष्ट्रिय झण्डा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:   ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ  मनाइएको ‘अन्तर्राष्ट्रिय युवा दिवस’  को अवसरमा झापाको गौरादहमा राष्ट्रिय झण्डा झण्डोत्वलन कार्यक्रम सम्पन्न गरिएको छ।  'परिवर्तनका लागि युवा अभियान' को आयोजनामा गौरादह डिपु चौकमा राष्ट्रिय झण्डा फ़हराइएको हो।

 

 

 

No description available.

 

 

अन्तराष्ट्रिय रुपमा मनाइदै आएको युवा दिवसको अवसर पारेर राष्ट्रिय एकता र देशभक्तीको आभास दिदै राष्ट्रिय झण्डा झण्डोत्वलन गरिएको अभियानका अध्यक्ष भुवन खड्काले बताएका छन् ।  

 

 

 

No description available.

 

 

अन्तराष्ट्रिय युवा दिवसको अवसरकै अवसरमा 'परिवर्तनका लागि युवा अभियान' ले  प्राथमिक उपचार सम्बन्धी निशुल्क आधारभूत तालिम संचालन गर्न लागेको समेत अध्यक्ष खड्काले बताएका छन्।  

 

 

No description available.

 

कार्यक्रम सम्बन्धी खाका यथा शिघ्र सावजनिक गरिने समेत उनले बताए।  

 

कोभिड महामारी संगै गाउँघरमा स्वास्थ्य सम्बन्धी अनेकौं समस्या देखा परिरहेका छन्, यस विषयलाई अभियानले गम्भीरता साथ लिंदै आधारभूत स्वास्थ्य सम्बन्धी निशुल्क प्रशिक्षण सिविर संचालन गर्न लागिएको छ, कार्यक्रम सम्बन्धी मिति तत्काल सार्वजनिक गर्दै छौं।', खड्काले भने।  

 

 

No description available.

 

 


 

Views: