d

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कमल स्काउटले गर्यो सरसफाई (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  “खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन “ भन्ने  नाराका साथ मुलुकभर मनाइएको अन्तराष्ट्रिय युवा दिवस कमल गाउँपालिकामा समेत विशेष कार्यक्रम गर्दै सम्पन्न गरिएको छ।  

 

कमल स्काउटको आयोजनामा नगर सरसफाई गर्दै अन्तराष्ट्रिय युवा दिवस मनाइएको हो।  

 

 

 

No description available.

 

कमल स्काउटकी संयोजक माया सिवाकोटीको संयोजनमा सम्पन्न गरिएको कार्यक्रमका अवसरमा गाउँपालिका परिसर र क्याम्पा बजार सरसफाई गरिएको थियो।  स्काउट  सदस्य सुदर्शन काफ्लेले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा धारणा राख्दै गाउँपालिका प्रमुख मेनुका काफ्लेले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सरसफाई कार्यक्रम आयोजना गरेकोमा स्काउटलाई धन्यवाद ज्ञापन गरिन्।  युवाहरु राष्ट्र निर्माणको अभिन्न अंग भएको भन्दै उनले स्काउटको माध्यम बाट धेरै प्रकारका युवा लक्षित कार्यक्रम संचालन गर्न सकिने बताइन्।  गाउँपालिकाको सर्वाङ्गिण विकासमा स्काउटले जिम्मेवार संगठनको रुपमा अगाडी बढ्नुपर्ने चर्चा गर्दै अध्यक्ष काफ्लेले गाउँ पालिकाले समेत स्काउटलाई सकारात्मक सहयोग गर्दै जाने बताइन्।  

 

 

 

No description available.

 

 

 

सरसफाई कार्यक्रममा प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर श्रेष्ठको भूमिका निकै प्रसंसनिय देखिएको थियो।  

 

 

 

No description available.

 

 

 कमल स्काउटले सामाजिक गतिविधीमा अग्रणी भूमिका खेल्ने विश्वास वक्ताहरुले गरेका छन्। 

 

 

 

 

No description available.

 

 

'निकट भविष्यमै कमल स्काउटले हरेक बिधालयमा समिति गठन गर्दै छ, सबै समिति र उपसमितीहरु गठन सम्पन्न हुने वित्तिकै उद्देस्य अनुसारका कार्यक्रम लिएर कमल स्कुट सक्रिय र प्रभावकारी ढगले अगाडी बढ्ने छ। ' , पर्दाफास प्रतिनिधि संग छोटो कुराकानी गर्दै कमल स्काउटका सदस्य दिपक खड्काले भने।  

 

 

 

No description available.

 

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

Views: