d

देउवा निवासमा केन्द्रीय कार्यसमिति बैठक: गेट बाहिर प्रदर्शन र नारावाजी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ: कांग्रेस भित्र क्रियाशील सदस्यता विवादले चरम रुप लिंदै गएको छ।  महाधिवेशन र क्रियाशील सदस्यता बिबाद सल्टाउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवाको निवास बाहिर कार्यकर्ताहरुले प्रदर्शन नै गरेका छन् ।


बूढानीलकण्ठस्थित देउवाको निजी निवास बाहिर रामचन्द्र पौडेल पक्षका कार्यकर्ताहरुले बिहीबार बिहानैदेखि प्रर्दशन गरेका हुन् । 

 सानेपामा धर्नाका कारण सभापति देउवाले निजी निवासमा बैठक बोलाएका थिए । तर बूढानीलकण्ठमा पनि पौडेल पक्षका कार्यकर्ताहरु बैठक बस्नुअघि नै प्रदर्शन गर्न पुगेका बताइएको छ।  

केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर करिब डेढ महिनायता रौतहट र बाराका कार्यकर्ताहरु अहिले पनी पार्टी कार्यालयमै धर्नामा छन् । "चार तहबाट नियम संगत आए अनुसार प्रतिनिधि छनोट हुनु पर्‍यो । समयमै अधिवेशन हुनुपर्छ" धर्नामा सहभागी बारा क्षेत्र नं १ का कार्यकर्ता पेमा सिद्धि लामाले बताए ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले ‘क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्‍न पाइँदैन, महाधिवेशन सार्न पाइँदैन,' लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

Views: