d

गिरिजाप्रसादलाई कालो झण्डा देखाउने कुलप्रसाद कांग्रेसकै समर्थनमा बने मुख्य मन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बुटवल : तत्कालिन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएर शिक्षक सेवाको जागिर गुमाएका कुलप्रसाद के सी २९ वर्ष पछि कांग्रेसकै समर्थनमा  लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । रोल्पामा प्रावी तहको शिक्षकको रुपमा सेवारत रहदै गर्दा उनले तत्कालिन प्रधानमन्त्री कोइरालालाई कालो झण्डा देखाएका थिए।  सोहि कारण जागिर बाट बर्खास्त गरिएका के सी अर्धभूमिगत रहँदै कम्युनिस्ट राजनिती गर्दै आएका थिए।  

२०४९ सालमा शिक्षक जागिर गुमेपछि उनी अर्थभूमिगत बनेर कम्युनिस्टको राजनीतिमा लागेका थिए ।  रोल्पाबाट प्रदेशसभामा निर्वाचित उनले शुक्रबार मुख्य मन्त्रीको सपथ लिएका छन्।  

 

Views: