d

 आठ किलोमिटर तल राप्तीको भेलमा बगेकी महिलाको सकुशल उद्धार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दाङ - देउखुरीमा राप्ती नदीकाे भेलमा बगेर आठ किलोमिटर तल पुगेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । देउखुरीको गढवा गाउँपालिका-३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गएराति राप्ती नदीबाट उद्धार  गरेको हो।  

बिहीवार दिउँसाे गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा चाैधरीलाई नदीकाे भेलले बगाएकाे बताइएको छ।  
 सकुशल उद्दार गरिएकी टेकरानीले नदीको वेग तीव्र भएका कारण निस्कन नसकेकाे र पानीकाे वहाब भएतिरै बग्दै गएको बताएकी छिन्।  

'झण्डै आठ किलाेमिटर बगेपछि पानीकाे छालले किनारा लगायाे । तर आफू कहाँ पुगेकाे पत्ताे पाइनँ । राप्तीकाे टापुमा खर समाेतर अडिएँ । पानीबाट बाहिए निस्किएँ । चारैतिर हेरेँ, अनि गुहार मागेँ' उनले भनिन्।  

राप्ती वारि लमही नगरपालिका-४ को बुटकहावा गाउँका स्थानीय तरकारी टिप्न लागेका थिए । उनीहरुले टेकरानीले गुहार मागेको सुनेर प्रहरीलाई खबर गरे । राप्ती नदीमा मान्छे फसेको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्ल, विष्णु केसीलगायतको टोली घटनास्थल पुगेको थियो ।  

झण्डै ४ घण्टा राप्ती नदीको बीच टापुमा फसेकी टेकरानी कराएकाे सुनेर वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक विष्णु केसी र प्रहरी जवान प्रकाश चौधरी नदीमा हामफाल्नु फालेका थिए।  

Image: Goraksha online 

सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल नपुग्दासम्म टेकरानी भएको ठाउँमा पुगेर उहाँलाई सान्त्वना दिइएको प्रहरी नायब निरीक्षक केसीले बताउनु भयो। अहिले टेकरानीको लमही अस्पतालमा प्राथमिक उपचार भइरहेको उनले बताए ।  

उज्यालो अनलाइनको सहयोगमा।  

Views: