d

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२९ साउन, काठमाडौं । महाधिवेशन र क्रियाशिल सदस्यता वितरणमा विदादास्पद बन्दै आएको नेपाली कांग्रेस पार्टीका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । बिधान बाटै आफुहरु उपेक्षित भएको भन्दै शुक्रबार केन्द्रीय समिति बैठक चल्दै गर्दा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा पनि लागू हुनुपर्ने माग गर्दै उनीहरुले सामुहिक राजिनामा दिएको बताइएको छ।  


पार्टीको विधानमा  क्षेत्रीय प्रतिनिधि सरह पनि अधिकार नदिएकोले राजीनामा दिन बाध्य बनाइएको उनीहरुको आरोप छ।  

Views: