d

कांग्रेस केन्द्रिय बैठकमा खोप बहस, बिद्यार्थीलाई तत्काल खोप लगाउन माग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । सत्तारुढ दल कांग्रेसका नेताहरुले सबै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।


खोप अभावमा विद्यार्थीहरुले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रीय सदस्यहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नेताहरुले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरुलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए । पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरुलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरुले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए ।

भूतपूर्व गोर्खा सैनिकहरुले बेलायतमा विभिन्न माग राखेर धर्ना दिइरहेकाले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरुले दबाब दिएका थिए । अफगानिस्तानमा रहेका नेपाली युवाहरुको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई कांग्रेस केन्द्रीय सदस्यहरुले आग्रह गरेका थिए । प्रवक्ता शर्माले भने, ‘अफगानिस्तानमा पछिल्लो जे घटना भइरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरु कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरु कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरुको अवस्था के छ ? र आवश्यक प¥यो भने सरकारले उनीहरुलाई प्रक्रिया पु¥याएर उद्धार गर्न गम्भीर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ ।’ बैठकमा नेताहरुले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिनेक्रम जारी रहेको कांग्रेसले जनाएको छ।  द नेपाल टप।  

 

Views: