d

राप्रपा समयको माग अनुसार बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उदाउदै छ - अध्यक्ष राणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा खडा गर्ने दावी गरेका छन्।  काठमाडौं जिल्ला, क्षेत्र नं ५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै तेना राणाले ‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ भन्दै त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका हुन्।  उनले  पार्टी स्थापना कालको उद्देश्य पुरा हुन लागेको विश्वास व्यक्त गरे ।  


देउवा नेतृत्वको सरकारले गैरजिम्मेवारी प्रदर्शन गरेको उनको आरोप छ।   देउवा नेतृत्वको सरकारको एक महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसकेको बताउँदै उनले पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गरेर सरकारले गैरजिम्मेवारीपन प्रदर्शन गरिरहेको आरोप लगाए ।


अध्यक्ष राणाले  राप्रपाको महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरु निर्माण गर्न सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । सो अवसरमा विभिन्न दल परित्याग गरी ६५ जनाले राप्रपामा प्रवेश गरेको बताइएको छ।  

Views: