d

अफगानिस्तानको राजधानी काबुल तालिवानको कब्जामा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएको दाबी गरेको छ।

राष्ट्रपति अशरफ गनी आइतवारै देश छोडेर हिँडेपछि तालिबानले यस्तो दाबी गरेको हो।

अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न 'शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा' सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो।

तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएको बि बि सीले जनाएको छ।  

Views: